Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
Hardik ivf

काठमाडौं, माघ १९ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवतबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 
    
उच्च अदातल पाटनको २०७७ मङ्सिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २४ दिन कैद सजाय, रु ७५ लाख जरिवाना र रु ७५ लाख बिगो भराई क्षतिपूर्तिवापत पीडित राहत कोषमा रु तीन लाख जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको छ । 

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्