Kathmandu Press

राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशको नजिता स्वाभाविक : एमालेका उपाध्यक्ष पौडेल

पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले विजयी हासिल गरेको भन्दै उक्त नजिता स्वाभाविक भएको बताएका हुन्।
राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशको नजिता स्वाभाविक : एमालेका उपाध्यक्ष पौडेल

काठमाडाैं, माघ १९ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशको नजिता स्वाभाविक भएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले शुक्रबार तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगीता उद्घाटन गर्दै पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले बिजयी हासिल गरेको भन्दै उक्त नजिता स्वभाविक भएको बताउनुभएको हो।

Hardik ivf

कोशी प्रदेश प्रदेशमात्रै नभइ अन्य प्रदेशमा पनि एमालेको मतभार बढी देखिएकाले जनतामा मात्रै नभई जनप्रतिनिधिहरुमाझ पनि एमालेको जनाधार बढ्दै गएको उनले बताए।

त्यस्तै उनले वर्तमान सरकार समाजका लागि बोझ बनिसकेकाले बहिर्गमन अहिलको आवश्यकता भएको धारणा राखे। पौडेलले सरकार परिवर्तनका लागि अहिले नै एमालेले कुनै प्रयास नगरेको र मिशस ८४ बाट एमालेलाई बहुमतका साथ सरकारमा पुराउने दाबी गरे।

खुला फुटसल प्रतियोगिता शनिबार समापन हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्