Kathmandu Press

राज्य लुट्नेलाई छुटाउन खाेज्नेकाे दबाबमा पर्दिनँ : गृहमन्त्री श्रेष्ठ 

गृहमन्त्री श्रेष्ठले पहुँचका आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने पनि बताए।
राज्य लुट्नेलाई छुटाउन खाेज्नेकाे दबाबमा पर्दिनँ : गृहमन्त्री श्रेष्ठ 

पोखरा, माघ १९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका लागि कारबाही गर्न कसैको दबाबमा नपर्ने बताएका छन्। 

गृहमन्त्री श्रेष्ठले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने पनि बताए। शुक्रबारदेखि पोखरामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले उक्त भनाइ राखेका हुन्। गृहमन्त्री श्रेष्ठले राजनीतिक दलका नेता, कर्मचारी, व्यपारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको पनि बताए। 

Hardik ivf

‘अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन्। कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन् कर्मचारीलाई त त्यसो गर्न भएन भनेर। उद्योग व्यवसायीलाई यसो गर्न भएन नि हाम्ले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन्,’ श्रेष्ठले भने, ‘हामीले भनेकै छौं त निजि क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न। तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न।’

अपराधीलाई छुटाउन पहुँचको आधारमा दबाब दिइरहने हो भने मुलुक परिवर्तन नहुने  भनाई पनि श्रेष्ठले राखे। उनले अवाञ्छित दबाबबाट भयभित नभइ काम गर्न सुरक्षा निकायका प्रमुखलाई अनुरोध समेत गरे। उनले सहकारी ठगीमा संग्लनलाई कुनै हालतमा नछाड्ने भनाई पनि राखे। ‘कडाइपूर्वक अगाडि बढाएर बचतकर्ताको रकमलाई फिर्ता गराउनतर्फ जानु हाम्रो कर्तव्य हो’, श्रेष्ठले भने, ‘पीडितलाई न्याय दिनु राज्यको पहिलो काम हो।’ 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले प्रदेश प्रहरी समायोजन ऐन नबनाउँदा प्रदेश सरकार लाठ्ठीबिना चलिरहेको बताए। ‘नगरपालिकासँग लाठ्ठी छ। मसँग पुलिसले बोल्ने डण्डी पनि छैन, लाठ्ठीको कुरै छाड्नुस्’, उनको भनाइ थियो।

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्