Kathmandu Press

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

शुक्रबार काठमाडौंमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानुनी, बेथितिसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्।
वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

काठमाडाैं, माघ १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानुनी, बेथितिसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्।

Hardik ivf

उनले सरकारकै कारण राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको धारणा राखे। त्यस्तै अध्यक्ष ओलीले गठबन्धनले जित्ने नदेखेर प्रधानमन्त्रीले हस्तक्षेप गरेर स्काउटको सम्मेलन रोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाए।

स्काउटको सम्पत्ति कांग्रेसले बल देखाएर लुटेर खाइरहेको उनले आरोप लगाए। उनले अदालतको आदेशविपरीत स्काउटको सम्मेलन स्थगित गर्ने विषयमा प्रधानमन्त्रीसँग पनि जिज्ञासा राखेको र मिलाएर लैजाने जवाफ पाएको बताए।

रेडक्रस, गैरआवासीय नेपाल संघलगायतका संस्थामा समेत गठबन्धन सरकारले हस्तक्षेप गरेको उनले बताए। अध्यक्ष ओलीले वित्तीय संस्थाहरुले एकलौटी रूपमा ब्याज बढाएर ऋणीहरुलाई समस्यामा पारेको उल्लेख गरे।

उनले सर्वसाधारणले पैसा राख्दा सस्तो ब्याज दिनेले ऋण लगानी गर्दा धेरै ब्याज लिन नमिल्ने बताए।

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्