Kathmandu Press

बाँसबारी जग्गा हिनामिना प्रकरण : चौधरी र थापालाई ग्रान्डी अस्पतालमा सारियाे

अदालतले उनीहरुलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतबाट फर्काएर उनीहरुलाई हिरासतमा नराखी चिरायु अस्पताल भर्ना गरिएको थियो।
बाँसबारी जग्गा हिनामिना प्रकरण : चौधरी र थापालाई ग्रान्डी अस्पतालमा सारियाे

काठमाडौं, माघ १९ : व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्रान्डी अस्पतालमा सारिएको छ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा बिहीबार पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) महाराजगञ्जस्थित चिरायु अस्पतालबाट टाेखाराेडस्थित ग्रान्डी अस्पतालमा सारिएको  नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले जनाएकाे छ।

Hardik ivf

उनीहरुलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरिएकाे थियाे। अदालतले उनीहरुलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतबाट फर्काएर उनीहरुलाई हिरासतमा नराखी चिरायु अस्पताल भर्ना गरिएको थियो।

थापामा मुटुको समस्या र चौधरीमा रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको बताइउकाे छ। यही प्रकरणमा बिहीबार नै सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । उनलाई भने आज मात्र  अदालतमा हाजिर गराउने तयारी रहकाे सिआइबीकाे भनाइ छ ।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्