Kathmandu Press

प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा भेट, टिआरसी विधेयकका विषयमा छलफल

प्रधानमन्त्रीलाई भेटेर बाहिरिएपछि एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुंग्याउनेलगायत समसामयिक विषयमा छलफल भएको बताए।
प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा भेट, टिआरसी विधेयकका विषयमा छलफल

काठमाडौं, माघ १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ। दुईबीच सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बिहान भेट भएको हो।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको टीआरसी विधेयकमाथि छलफल भएको बताइएको छ।

Hardik ivf

प्रधानमन्त्रीलाई भेटेर बाहिरिएपछि एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुंग्याउनेलगायत समसामयिक विषयमा छलफल भएको बताए। संसदीय समिति छलफल भइरहेको  टिआरसी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएको उनले बताए।

ओलीले टिआरसी विधेयक लगाउतका विषयमा छलफल भएको भन्दै उक्त विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने बताए। ओलीले उक्त विधेयकमा एमालेका अडान कायमै रहेको उल्लेख गरे।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले टिआरसी विद्येयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुङ्ग्याउनका लागि सहयोग गर्न आफूलाई आग्रह गरेको ओलीले बताए।

प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्