Kathmandu Press

सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

‘नेपालमा एक सय ३६ भन्दाबढी जातजाति, एक सय २५ भन्दा बढी भाषाभाषी छन्। ती सबैको पहिचान हुनुपर्छ र सबैको संरक्षणको दायित्व सरकारले लिनुपर्छ,’ उनले भने।
सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

जनकपुरधाम, माघ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा रहेका सबै जातजाति र भाषाको पहिचान गरी संरक्षणको दायित्व सरकारले पूरा गर्नुपर्ने बताएका छन्।

जनकपुरधाममा सुरु भएको चौथो ‘जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा अध्यक्ष नेपालले संविधानको भावनाअनुसार राज्यले सबै जातजाति तथा भाषाभाषीको संरक्षण गर्नुपर्ने बताए।

Hardik ivf

‘नेपालमा एक सय ३६ भन्दाबढी जातजाति, एक सय २५ भन्दा बढी भाषाभाषी छन्। ती सबैको पहिचान हुनुपर्छ र सबैको संरक्षणको दायित्व सरकारले लिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकार र अरु सबै पक्षले सहकार्य गर्नुपर्छ। पहिचान जोगाउन सके मात्रै स्वाभिमान कायम रहन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

मैथिली विकास कोष, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको आयोजना महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सुरु भएको महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ।

महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनी, नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ वटा नाटक प्रस्तुत गरिने छ।

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्