Kathmandu Press

राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद्‌मा दर्ता

संघीय संसद्‌का प्रवक्ता एकराम गिरीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा दर्ता गराएको र सो विधेयकमा ऐनमा भएकै साविकको व्यवस्था गर्न भनिएको जानकारी दिए।
राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद्‌मा दर्ता

काठमाडौं, माघ १९ : सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा दर्ता गराएको छ। सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार संघीय संसद्‌को प्रतिनिधिसभामा विधेयक दर्ता गराएको हो।

यसअघि दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साविककै व्यवस्था कायम राखि विधेयक दर्ता गरिएको हो।

Hardik ivf

नेपालको संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थाबमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरुमा संशोधन गरेको थियो।

तर २०७८ असोज ११ मा सो अध्यादेश राष्ट्रपतिबाट खारेज भएकाले अध्यादेशले परिवर्तन गरेका कानुनी व्यवस्थाहरुलाई हटाएर ऐनको साविककै व्यवस्था कायम राख्न संशोधन विधेयक ल्याइएको हो।

विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साविककै अवस्था कायम राख्ने उल्लेख छ।

संघीय संसद्‌का प्रवक्ता एकराम गिरीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा दर्ता गराएको र सो विधेयकमा ऐनमा भएकै साविकको व्यवस्था गर्न भनिएको जानकारी दिए।

प्रकाशित मिति: ०७:४३ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्