सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउनुपर्ने
‘सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ,’ उनले भने, ‘सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न, यात्रुलाई सहज यात्रा र सुरक्षित बनाउन सबैले निकायले ध्यान दिन जरुरी छ।
काठमाडौं, माघ १९ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताएका छन्।
आयोगले आयोजना गरेको ‘सेवाप्रदायको दायित्व र उपभोक्ताको अधिकार’ विषयक छलफलमा अध्यक्ष मगरले सार्वनिजक यातायातलाई भरपर्दो, मर्यादित र उपभोक्तामैत्री बनाउनुपर्ने बताए।
‘सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ,’ उनले भने, ‘सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न, यात्रुलाई सहज यात्रा र सुरक्षित बनाउन सबैले निकायले ध्यान दिन जरुरी छ।
सार्वजनिक सवारीसाधनमा ‘अपशब्दको प्रयोग हुने गरेको, दुव्र्यवहार हुने गरेको उजुरी परेपछि आयोगले सरोकारवालालाई बोलाएर छलफल गरेको हो।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक, सहचालकले उपभोक्ताले गर्ने मानव अधिकारमैत्री व्यवहार गर्नुपर्ने, काम गर्ने कामदारले उचित पारिश्रामिक पाउनुपर्नेलगायत विषयमा पनि छलफल भएको थियो।