Kathmandu Press

आर्मी आहा रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने

बिहीबार पोखरा रंगशालामा भएको खेलमा चर्चा बोइज युनाइटेडलाई २–१ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।
आर्मी आहा रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने

काठमाडाैं, माघ १८ : त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा चर्चा बोइज युनाइटेडलाई २–१ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।

अब आर्मीले उपाधिका लागि थ्री स्टार क्लबसँग खेल्ने छ। थ्री स्टार बुधबार जावलाखेल युथ क्लबलाई हराउँदै फाइनल पुगेको हो। फाइनल शनिबार हुनेछ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले अतिरिक्त समयमा गोल गरेपछि आर्मी फाइनल पुग्यो।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिएको थियो। ६१औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ८५औं मिनेटमा चर्च बोइजका समिर तामाङले गोल गरेपछि खेल १–१को बराबरीमा सकिएको थियो।

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्