Kathmandu Press

मुग्लिन–पोखरा सडक २० किलोमिटर कालोपत्र

जिल्लाको डुम्रेदेखि छिर्कनसम्म १४ किमी र आँबुखैरेनी क्षेत्रमा ६ किमी गरी उक्त २० किमी सडक कालोपत्र सम्पन्न भएको हो।
मुग्लिन–पोखरा सडक २० किलोमिटर कालोपत्र

तनहुँ, माघ १८ : मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ। जिल्लाको डुम्रेदेखि छिर्कनसम्म १४ किमी र आँबुखैरेनी क्षेत्रमा ६ किमी गरी उक्त २० किमी सडक कालोपत्र सम्पन्न भएको हो।

पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार आबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमि दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ।

Hardik ivf

उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इञ्जिनियर पाण्डेले बताए। पूर्वीखण्डका लागिरु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो।

यस खण्डको काम वि.सं २०७८ वैशाख २ गतेदेखि गरिएको हो। करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार वि.सं २०८१ वैशाखसम्म सक्नेगरी सम्झौता भएको थियो।

पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ। सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका ६ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ। डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका छन्।

पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ।

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्