Kathmandu Press

माधव नेपाललाई प्रधानमन्त्री बनाउन शशांक कोइरालाको प्रस्ताव

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न। त्यो भनेको वर्तमान सरकार असफल छ भन्ने हो,’ उनले भने, ‘अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ।’
माधव नेपाललाई प्रधानमन्त्री बनाउन शशांक कोइरालाको प्रस्ताव

नवलपरासी, माघ १८ : कांग्रेस नेता तथा सांसद डा. शशांक कोइरालाले माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।

कावासोतीमा बिहीबार नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्याक्रमलाई सम्बोधन गर्दै कोइरालालले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भइसकेको भन्दै माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन्।

Hardik ivf

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न। त्यो भनेको वर्तमान सरकार असफल छ भन्ने हो,’ उनले भने, ‘अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ।’

नेता कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने उल्लेख गरे। उनले यी दुवै कुरमा पुष्पकमल दाहाल असफल भएको बताए।

उनले माधव नेपालपछि कांग्रेस सभापति शेरबहादुर प्रधानमन्त्री हुने बताए। उनले यो सहमतिको सरकार भएकाले सबैले पूर्व सहमति पालन गर्नुपर्ने बताए।

कोइरालाले कांग्रेसको फागुन पहिलो साता काठमाडौंमा हुने महासमितिको भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय उठाउने पनि बताए।

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्