Kathmandu Press

सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ परेका चौधरी र थापालाई ४ दिन थुनामा राख्न अनुमति

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।
सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ परेका चौधरी र थापालाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं, माघ १८ : बाँसबारी छालाजुत्ता कारखानको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमानसिंह थापालाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

Hardik ivf

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका चौधरीलाई सिआईबीले लाजिम्पाट र थापालाई बत्तिसपुतलीस्थित घरबाटै पक्राउ गरेको थियो।

सोही प्रकणमा सिआईबीले सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको छ। म्याद थपका लागि ठाकुरी भोलि अदालत उपस्थित गराइनेछ।

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्