रोबोटिक्स तथा विज्ञान प्रदर्शनी
प्रदर्शनीमा विद्यार्थिहरुले ७० वटा स्टल मार्फत विज्ञान तथा रोबोटिक्ससँङ सम्बन्धित सामग्री प्रदर्शन गरि आफुमा भएको सीप र क्षमतालाई प्रस्तुत गरेका थिए।
काभ्रे, माघ १८ : पानौतीमा रहेको काभ्रे इंग्लिश माध्यमिक विद्यालयमा रोबोटिक्स तथा विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ। विद्यालयको २५औं वार्षिकोत्सवका अवसरमा सो प्रदर्शनी आयोजना गरिएको हो।
‘वैज्ञानिक अनुसन्धान र खोज, सिकाईमा सकारात्मक सोच’ भन्ने मुल नारा प्रदर्शन आयोजना गरिएको हो। प्रदर्शनीमा विद्यार्थिहरुले ७० वटा स्टल मार्फत विज्ञान तथा रोबोटिक्ससँङ सम्बन्धित सामग्री प्रदर्शन गरि आफुमा भएको सीप र क्षमतालाई प्रस्तुत गरेका थिए।

पनौती नगरपालिकाभित्रका २१ वटा विद्यालयका एक हजारबढी विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेको विद्यालयका प्राचार्य वसन्तराज नेपालले जानकारी दिए।


प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
