क्यान इन्फोटेक माघ २३ देखि काठमाडौंमा
आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर क्यान इन्फोटेक २०२४ माघ २३ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने जानकारी दिएको हो।
काठमाडाैं, माघ १८ : यस वर्षको क्यान इन्फोटेक माघ २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर क्यान इन्फोटेक २०२४ माघ २३ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवी अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो मेलामा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधिको प्रदर्शनीका साथै आवश्यक जानकारी समेत दिइने उहाले बताए। मेला अवलोकनाका लागि सर्वसाधारणका लागि रु.१०० र विद्यार्थीका लागि रू.५० रुपैयाँ शुल्क तोकिएको उहाले जानकारी दिए।
क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन रहेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार