राष्ट्रपतिका सल्लाहकार थापा पुगे सिआइवी कार्यालय
थापा कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापालाई भेट्न सिआइवी पुगेका हुन्। थापाका आफन्त समेत पक्राउ परेपछि बुझ्न सिआइवी पुगेको स्रोतले जनाएको छ।
काठमाडौं, माघ १८ : बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउबारे बुझ्न राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापा सिआइवी पुगेका छन्।
थापा कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापालाई भेट्न सिआइवी पुगेका हुन्। थापाका आफन्त समेत पक्राउ परेपछि बुझ्न सिआइवी पुगेको स्रोतले जनाएको छ।
थापा सिआइवी पुगेर फर्किएका छन्। सीआईबीले बिहीबार अजितनारायणसँगै व्यवसायी अरुण चौधरी र कारखाना सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार