‘खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ’
बिहीबार ललितपुरमा तेस्राे कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको बिकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन्।
काठमाडाैं, माघ १८ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन्।
बिहीबार ललितपुरमा तेस्राे कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको बिकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन्।
मुलुकको नाम राख्ने खेलाडीहरुको उत्पादन जरुरी रहेकाले खेलाडीहरु लगाएत पूर्वाधारको बिकासका सरकारले बिशेष ध्यान दिने उहाले बताए। उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे।
नेपाल कराते महासंघको तत्वाधन एवं.जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगीतामा प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरुको सहभागीता रहेको छ। टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।