Kathmandu Press

बाँसबारी जग्गा हिनामिना प्रकरणमा थप एकजना पक्राउ 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही समयअघि बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो। ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा थप एकजना पक्राउ 
Hardik ivf

काठमाडौं, माघ १८ : बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही समयअघि बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो। ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

यसअघि सिआइबीको टोलीले व्यवसायी अरूण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो। उनीहरूलाई प्रहरीले ठगी र किर्ते कसुरमा म्याद थप गर्न सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालत लग्ने तयारी गरिरहेको छ।
 
प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्