Kathmandu Press

चौधरी र थापालाई थुना अनुमतीका लागि अदालतमा लगिँदै 

उनीहरुविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान म्यादका लागि प्रहरीले अदालतमा लैजान थालेको हो। 
चौधरी र थापालाई थुना अनुमतीका लागि अदालतमा लगिँदै 
Hardik ivf

काठमाडौं, माघ १८ : प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापालाई काठमाडौं जिल्ला अदालतमा लगिँदै छ। उनीहरुविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान म्यादका लागि प्रहरीले अदालतमा लैजान थालेको हो। 

अहिले दुबैजनालाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजान थालिएको छ। सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै स्थानीयले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन्। कारखानाको जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गराएको दाबी उजुरीमा छ। थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा बेच्ने निर्णय भएको थियो।
 

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्