ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप सञ्चालनमा
नगरवासीको गुनासो, विपत्को जानकारी तथा कुनै समस्याहरुको तत्काल सम्बोधनका लागि महानगरले उक्त मोवाइल एप सञ्चालनमा ल्याएको हो। मोबाइल एप मार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानगरले जनाएको छ।
काठमाडाैं, माघ १८ : ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप सञ्चालमा ल्याएको छ।
नगरवासीको गुनासो, विपत्को जानकारी तथा कुनै समस्याहरुको तत्काल सम्बोधनका लागि महानगरले उक्त मोवाइल एप सञ्चालनमा ल्याएको हो। मोबाइल एप मार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानगरले जनाएको छ।
महानगरपालिका क्षेत्र भित्र कुनै पनि समस्या, विपत्ति, वा गुनासो भएमा आफ्नो सन्देस नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने बताइएको छ।
मोबाइल एप शुभारम्भ गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्थानीयहरुको सहजताका लागि मोबाइल एप निर्माण गरिएको जानकारी दिनुभयो। उहाले महानगरभित्र स्मार्ट सडक बत्ति राख्ने कामलाई तीव्रता दिएको बताए।
महानगरका अनुसार इन्टरनेट नभएको खण्डमा पनि एलर्ट मोबाइल एप चलाउन सकिने छ।
प्रकाशित मिति: १६:२० बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार