Kathmandu Press

छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पक्राउ

कारखानाको जग्गा सिजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गराएको भन्ने उजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो।
छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पक्राउ

काठमाडौं, माघ १८ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ।

कारखानाको जग्गा सिजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गराएको भन्ने उजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो।

Hardik ivf

उक्त प्रकरणमा अनुसन्धानका लागि बत्तीसपुतलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सीआईबीले उक्त प्रकरणमा मुछिएका अरुण चौधरीलाई पनि पक्राउ गरेको छ।

थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा बेच्ने निर्णय भएको थियो ।
 
प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्