बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ
बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई आज पक्राउ गरिएको सिआइबी स्रोतले बतायो।
काठमाडौं, माघ १८ : व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।
बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई आज पक्राउ गरिएको सिआइबी स्रोतले बतायो। छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेर सिजी रेसिडेन्सी प्रालिको नाममा ल्याएको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बताइएकाे छ।
कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरिएको छ। २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप उनीहरूमाथि छ।
गृहमन्त्रीको सुशासनको अभियानअन्तर्गत राज्यको सम्पत्ति जोगाउन यस्ताे कदम चालिएको स्रोतकाे भनाइ छ।
प्रकाशित मिति: १४:३० बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












