Kathmandu Press

युरोप पठाउने भन्दै करौडौ रकम ठगी गर्ने युवक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
युरोप पठाउने भन्दै करौडौ रकम ठगी गर्ने युवक पक्राउ

काठमाडाैं, पुस १८ : प्रहरीले युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करौडौ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

Hardik ivf

तामाङले काठमाडौँको बालाजु चोक स्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी  माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगाएतका देशहरुमा पठाईदिन्छु भनि ६ सय भन्दा धेरै सर्वसाधारण व्यत्तिःहरुबाट करौडौ रकम ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए।

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

वैदेशिक रोगजार विभागका अनुसार हालसम्म ७० जनाको मुद्धा दर्ता भइ रु ३ करोड २५ लाख २२ हजार रुपैया बिगो देखिएको र अन्य मुद्दा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्