Kathmandu Press

श्रीमती हत्याको अभियोगमा राई पक्राउ

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्।
श्रीमती हत्याको अभियोगमा राई पक्राउ

दमक, माघ १८ : श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्।

Hardik ivf

गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।

कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७।३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुुरु गरिएको उनले जानकारी दिए।

मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताए।

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्