पश्चिम नेपालकाे उच्च पहाडी भेगमा हिमपात [तस्बिरहरू]
पश्चिम नेपालका जुम्ला, हुम्ला, बागलुड, म्याग्दी, मुस्ताङ, पूर्वी रुकुम, रोल्पा, गोरखालगायत जिल्लाका उच्च पहाडी भेगमा हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ।![पश्चिम नेपालकाे उच्च पहाडी भेगमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/himpat-1706774121.jpg)
काठमाडाैं, माघ १८ : सामान्यतया उच्च पहाडी भेगमा मंसरि अन्तमितिरै बाट हिमपात हुने गरे पनि यसपालि माघ आधाआधी समय बितिसक्दा पनि राम्ररी हुन सकेको थिएन। कतैकतै अलिअलि भए पनि बुधबार रातिदेखि भने धेरै ठाउँमा हिमपात हुन थालेको छ। खासगरी पश्चिम नेपालका जुम्ला, हुम्ला, बागलुड, म्याग्दी, मुस्ताङ, पूर्वी रुकुम, रोल्पा, गोरखालगायत जिल्लाका उच्च पहाडी भेगमा हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ।

हिमपातका कारणकतैकतै मोबाइल फोन सेवा प्रभावित भएको छ। चिसो बढेपछि स्थानीय घरभित्रै आगो तापेर बसेका छन्।किसानहरूले भने राहतको महसुस गरेका छन्। लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका गहुँ, जौ बारीमै मर्न थालेका थिए। हिउँदमा किसानलाई वर्षाको निकै आवश्यकता पर्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात भइरहेको छ।
-1706772307.jpg?timestamp=1706772537333)
-1706772302.jpg?timestamp=1706772537333)
-1706772304.jpg?timestamp=1706772631064)
-1706772303.jpg?timestamp=1706772631064)






















