राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारकाे निर्णय
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
काठमाडाैं, माघ १८ : सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन्। बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।
त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा लेखनाथ लामा र डा साहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।