राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजनाम आयोगको सदस्य नियुक्त गरेको हो।
काठमाडौं, माघ १८ : राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उमाशंकरलाई आयोगको सदस्य नियुक्त गरेको हो। उनलाई आयोगको सदस्य नियुक्तिका लागि मन्त्रिपरिषद् कार्यालयले प्रस्ताव गरेकाे थियाे।
बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको सरकारकी प्रपक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।।
यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. सहारा श्रेष्ठलाई नियुक्त गरिएको उनले बताइन्।
प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












