कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त
यसअघिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल गत साल फागुनमै सकिएकाे थियाे। त्यसपछि पाेखरेल नै कायममुकायमकाे जिम्मेवारीमा थिए।
काठमाडाैं, पुस १८ : कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त भएका छन्। करिब ११ महिनादेखि उक्त पद रिक्त थियाे। यसअघिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल गत साल फागुनमै सकिएकाे थियाे। त्यसपछि पाेखरेल नै कायममुकायमकाे जिम्मेवारीमा थिए।
कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले पोखरेलको नाम सिफारिस गरेको हो। प्रबन्ध सञ्चालकका लागि ९ जनाले आवेदन दिए पनि तीन जनाकाे नाम छनाेटामा परेका थिए। जसमा पोखरेलसहित भोजराज अधिकारी र रामचन्द्र ढकाल थिए।
पाेखरेलले २०५२ जेठ २१ गते पोखरेलले शाखा अधिकृतबाट सेवा सुरु गरेका थिए। आफू कायममुकायम हुँदादेखि नै मलको अभाव हुन नदिएको, किसानलाई लाइनमा बस्नुपर्ने बाध्यता हटाउन लागिपरेको बताउँदै उनले फेरि पनि गुनासो आउन नदिने गरी काम गर्ने बताए।
प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












