Kathmandu Press

ब्राजिलियन स्ट्राइकर रोकीको डेब्यू गोलमा बार्सिलाना विजयी

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रोकीले मैदान प्रवेश गरेको १ मिनेटमै बार्सिलोनालाई अग्रता दिलाए।
ब्राजिलियन स्ट्राइकर रोकीको डेब्यू गोलमा बार्सिलाना विजयी

काठमाडाैं, माघ १८ : ब्राजिलिय युवा स्ट्राइकर भिक्टर रोकीको निर्णायक गोलमा ला लिगामा बार्सिलो विजयी भएको छ। बुधबार राति भएको संघर्षपूर्ण खेलमा बार्सिलोनाले ओसासुनालाई १–०ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रोकीले मैदान प्रवेश गरेको १ मिनेटमै बार्सिलोनालाई अग्रता दिलाए। उनले जोआ क्यान्सेलोको पासमा ६३औं मिनेटमा गोल गरेका थिए।

एक महिनाअघि मात्र बार्सिलोना आएका रोकीको यो बार्सिलोनामा पहिलो गोल हो।

यस्तै, अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई २–१ले हरायो।

यो जितपछि बार्सिलोना ४७ अंकसहित चौथो स्थानमा छ भने समान अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ। जिरोना ५५ अंकसहित शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अंकसहित दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्