Kathmandu Press

कोरोना भाइरस: अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

काठमाडौं, चैत्र १ : अमेरिकामा कोरोना भाइरसको प्रकोप बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय अपतकाल घोषणा गरेका छन्।

शुक्रबार अपरान....

कोरोना भाइरस: अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

काठमाडौं, चैत्र १ : अमेरिकामा कोरोना भाइरसको प्रकोप बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय अपतकाल घोषणा गरेका छन्।

शुक्रबार अपरान्ह ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरी राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्। ट्रम्पले तीव्र गतिमा फैलिएको यो भाइरस नियन्त्रण गर्न ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन्।

Hardik ivf

राष्ट्रपति ट्रम्पको घोषणाअनुसार अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन शुरु गर्नेछ। उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परीक्षण गर्ने जानकारी पनि दिए। गुगलमार्फत नै लक्षणबारे जानकारी लिएर सम्भाव्य संक्रमितलाई ल्याबको ड्राइभ थ्रुमै राखेर त्यहीं नमुना लिएर परीक्षण गरिने छ।

पत्रकार सम्मेलनमा उनले अमेरिकाका ठूला स्वास्थ्य सेवा प्रदायकका प्रमुखहरुलाई पनि प्रतिबद्धता जनाउन उपस्थित गराएका थिए।

 

प्रकाशित मिति: ०८:०३ बजे, शनिबार, चैत १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्