Kathmandu Press

रास्वपा संसदीय दलको बैठक बस्दै

संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।
रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, माघ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाइको छ।

संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।

Hardik ivf

संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ। यो अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।

यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्र गर्दैछ। त्यसले दिन उसले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा गर्ने बताएको छ। काठमाडौंबाट मेलम्चीको  मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले बताएको छ।

यसबारे पनि संसदीय दलको बैठकमा छलफल हुनेछ। रास्वपाले पुस ९ देखि ११ गतेसम्म नारायणगढ—बुटवल सडक खण्डको पदयात्रा गरेको थियो।

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्