Kathmandu Press

त्रिभुवन विमानस्थलमा कुटपिट प्रकरण छानबिन समितिले बुझायो प्रतिवेदन

समितिको तर्फबाट छानबिन रिपोर्ट पेस भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले बताए । समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो । छानबिन थालेको पाँचौँ दिनमा समितिले छानबिन प्रतिवेदन बुझाएको हो ।
त्रिभुवन विमानस्थलमा कुटपिट प्रकरण छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौ, माघ १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ ।

घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ  ।

Hardik ivf

समितिको तर्फबाट छानबिन रिपोर्ट पेस भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले बताए । समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो । छानबिन थालेको पाँचौँ दिनमा समितिले छानबिन प्रतिवेदन बुझाएको हो । समितिले घटनास्थलको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज विश्लेषण गरेको छ ।

माघ १२ मा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुल बहादुर जी।सी। सदस्य छन् ।

प्रतिवेदनले दिएको तथ्यको आधारमा संलग्न कर्मचारहिरुलाई कारबाही गर्ने मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्