Kathmandu Press

अमेरिकाबाट फर्काइएको मुकुन्डो र मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

तामा धातुबाट १६औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६औं शताब्दीमै प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं र १८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरेर बुधबार पुरातत्व विभागलाई बुझाइएको हो।
अमेरिकाबाट फर्काइएको मुकुन्डो र मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

काठमाडौं, माघ १७ : अमेरिकाबाट फर्काइएका मुकुन्डो र मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।

चोरी गरेर अमेरिका पुर्‍याइएका तामा धातुबाट १६औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६औं शताब्दीमै प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं र १८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरेर बुधबार पुरातत्व विभागलाई बुझाइएको हो।

Hardik ivf

भैरवका दुई मुकुन्डो दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुँदै अमेरिकाको डलास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेको थियो।

उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भएर अमेरिका पुगेको थियो।

यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भए‌को भनी पुरातत्व विभागले प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएको हो।

यस अधिस बेलायत, अस्ट्रिया, अमेरिका, चीन तिब्बत०, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन्।

 

प्रकाशित मिति: २०:१३ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्