१२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन हुँदै, खेलकुदमन्त्री लिम्बुको सफलता
मन्त्री लिम्बुको अध्यक्षतामा गत पुस २३ गते बसेको स्काउटको राष्ट्रिय परिषद्को बैठकले १२ वर्षपछि स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन मिति तोको थियो ।
काठमाडौं, माघ १७ : नेपाल स्काउटको निर्वाचन १२ वर्षपछि हुँदैछ। नेपाल स्काउटको तीनै तहको निर्वाचन माघ २२ देखि २७ गतेसम्म हुनेछ।
मन्त्री लिम्बुको अध्यक्षतामा गत पुस २३ गते बसेको स्काउटको राष्ट्रिय परिषद्को बैठकले १२ वर्षपछि स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन मिति तोको थियो ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा बनाउन युवा तथा खेलकुद मन्त्रालयलले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यिय निर्वाचन समिति समेत गठन गरेको छ।

बालबालिका तथा युवाहरुलार्इ अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्देश्य बोकेको स्काउट अभियान विश्वका १७० बढी मुलुकमा संचालनमा छ।
२०६८ यता राजनितिक दलहरुको कोपभाजनको शिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पुर्ण प्रशासनिक कार्य गर्दै आइरहेको छ।
सरकार परिर्वतन भएपिच्छे नेतृत्व परिर्वतन हुँदै आइरहेको नेपाल स्काउटमा हुन लागेको निर्वाचनले मन्त्री लिम्बु र युवा तथा खेलकुद मन्त्रालयको कार्य सम्पादनमा सकरात्मक भुमिका खेल्ने जानकारहरु बताँउछन्।












