Kathmandu Press

ताप्लेजुङमा अचानक बिरामी भए वसन्त नेम्बाङ, काठमाडौं ल्याइयो

एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी गृहजिल्ला पुगेका नेम्बाङ बुधबार अचानक विरामी भएका थिए। उपचारका लागि नेम्वाङलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
ताप्लेजुङमा अचानक बिरामी भए वसन्त नेम्बाङ, काठमाडौं ल्याइयो

ताप्लेजुङ, माघ १७ : प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अकस्मात बिरामी भएका छन्।

एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी गृहजिल्ला पुगेका नेम्बाङ बुधबार अचानक विरामी भएका थिए। उपचारका लागि नेम्वाङलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

Hardik ivf

जिल्ला अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि नेम्वाङलाई काठमाडौं लगिएको ताप्लेजुङ एमाले अध्यक्ष भुपेन्द्र थेपेले बताए।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन्। उनी आजै बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन्।

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्