Kathmandu Press

४ हजार घुस लिएको दाबीसहित अमिन ढकालविरुद्ध मुद्दा

ढकालले सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
४ हजार घुस लिएको दाबीसहित अमिन ढकालविरुद्ध मुद्दा

काठमाडौं, माघ १७ : नापी कार्यालय नवलपरासीका अमिन गोविन्द ढकालविरुद्ध घुस मुद्दा दायर गरेको छ।

ढकालले सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको दाबी अख्तियारको छ।

ढकाललाई बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरी अख्तियारको हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अख्तियारले घुस रकमको दशी प्रमाणसहित अभियोगपत्र दर्ता गरेको छ।

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्