दुर्घटनानमा बागमतीका पूर्वमन्त्री पौडेलको निधन
नवलपुरको गैंडाकोटमा पौडेल सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं, माघ १७ : सडक दुर्घटनामा नेपाली कांग्रेसका नेता एवम् बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ।
नवलपुरको गैंडाकोटमा पौडेल सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ग१ख ८५४७ नम्बरको बसले पौडेल सवार ना४६प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करपछि पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।
पौडेल चितवन भरतपुर महानगरपालिका–१७ बेलुवाका स्थायी बासिन्दा हुन्। उनी २०७८ सालमा बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री थिए।
पौडेल कांग्रेसको महासमिति सदस्यसमेत थिए । प्रहरीले बसका चालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १७:१८ बजे, बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












