Kathmandu Press

हेलम्बु दुर्घटनाका घाइते र मृतकलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा बा २ च ४४५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको शव र पाँच जना घाइतेलाई काठमाडौं ल्याइएको हो।
हेलम्बु दुर्घटनाका घाइते र मृतकलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, माघ १७ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भएको जिप दुर्घटनाका घाइते र मृतकको शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा बा २ च ४४५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको शव र पाँच जना घाइतेलाई काठमाडौं ल्याइएको हो।

Hardik ivf

दुर्घटनामा परी दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। उनीहरुको शवसहित दुर्घटनामा घाइते भएका पाँचै जनालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको हो।

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको जनाइएको छ । एकजना घाइते जिप चालक हुन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेको प्रहरीले जनाएको छ। उनीहरु भुटानबाट घुम्न आएका पर्यटक हुन्।

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्