साढे ३३ किलो सुन प्रकरणका अभियुक्त गोरेसँग सिंहदरबार बयान
उनीसँग जाँचबुझ आयोगको कार्यालय, सिंहदरबारमा बयान लिईएको हो । सुन तस्करी छानविनका लागि गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा समिति गठन भएको थियो।
काठमाडौं, माघ १७ : सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुधबार सुन तस्करी प्रकरणमा थुनामा रहेका चूडामणि उप्रेती ‘गोरे’ सँग बयान लिएको छ।
गारेले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका छन्। उनी साढे ३३ किलो सुन प्रकरणका आरोपी हुन्।
उनीसँग जाँचबुझ आयोगको कार्यालय, सिंहदरबारमा बयान लिईएको हो । सुन तस्करी छानविनका लागि गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा समिति गठन भएको थियो।
आयोगले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको साढे ६० किलो सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र अनुसन्धान अधिकृतसँग पनि जानकारी लिएको छ।
सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सकेर सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन दिने कार्यादेश दिएको छ। पछिल्लो समय ६० किलो सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरेर मुद्दा चलाइसकेको छ।