Kathmandu Press

हेलम्बुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिप भीरबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङको मृत्यु भएको प्रहरीले जनाएको छ।
हेलम्बुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक, माघ १७ : सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप भीरबाट खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने दुवै जना भुटानी नागरिक रहेको बताइएको छ।

Hardik ivf

मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिप भीरबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए। दुर्घटनामा ५ जना घाइते भएको बताइएको छ। घाइतेको राथामिक स्वास्थ्य केन्द्र हेलम्बुमा उपचारका लािग पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको टाउको चोट लागेको बताइएको छ। घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: १५:२० बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्