राष्ट्रपति पौडेल र फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टबीच भेट
राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे।
काठमाडौं, माघ १७ : राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौंस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गरे।
प्रकाशित मिति: १५:०८ बजे, बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार