कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि आइएलआरआईसँग सम्झौता
समझदारीपछि पशुपन्छी अनुसन्धान र विकास, नविन प्रविधि प्रवद्र्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन दुवै निकायको प्रतिवद्धतालाई बलियो बनाउने मन्त्रालयको विशवास छ।
काठमाडौं, माघ १७ : कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बीच सहझदारी भएको छ।
बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे।
समझदारीपछि पशुपन्छी अनुसन्धान र विकास, नविन प्रविधि प्रवद्र्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन दुवै निकायको प्रतिवद्धतालाई बलियो बनाउने मन्त्रालयको विशवास छ।
पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुराउदै अनुसन्धान र विकासमा सार्वजनिक र नीजि क्षेत्रको सहभागीताका लागि बलियो ढाँचा उपलव्ध गराउने अपेक्षा रहेको कृषि मन्त्री बेदुराम भुसालले बताए।
आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एसियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलव्ध गर्दै आएको छ।