Kathmandu Press

रास्वपाले माघ १९का लागि बोलायो संसदीय दलको बैठक

बैठकमा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दालगायतका विषयमा छलफल हुने बताइएछ।
रास्वपाले माघ १९का लागि बोलायो संसदीय दलको बैठक
Hardik ivf

काठमाडौं, माघ १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक माघ १९ गतेका लागि बोलाएको छ।

बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने छ। संसदको हिउँदे अधिवेशन आउनै लाग्दै रास्वपाले संसदीय समितिको बैठक बोलाएको हो। संसदको बैठक २२ माघका लागि बोलाइएको छ।

बैठकमा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दालगायतका विषयमा छलफल हुने बताइएछ।

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्