Kathmandu Press

न्यायाधीश मरासिनीको निधनमा अदालतमा शोक बिदा

न्यायाधीश मरासिनीको निधनमा अदालतमा शोक बिदा

काठमाडौं, माघ १७ : उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनमा शोक बिदा दिइएको छ।

उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा बुधवार शोक बिदा दिने निर्णय भएको हो।

उच्च अदालत पाटनले एक सार्वजनिक सूचना जारी गर्दै मरासिनीको असमायिक निधननमा शोक मनाउन विदा दिइएको जनाइएको छ। न्यायाधीश मरासिनीको मंगलबार हृदयघातका कारण असामयिक निधन भएको थियो।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्