Kathmandu Press

प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ : नेता निधि

निधिले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको भन्दै अन्य बिषयहरुमा पनि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए।
प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ : नेता निधि
फाइल तस्बिर।

रुपन्देही, माघ १६ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान अनुसार सबै प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन्।

‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा निधिले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको भन्दै अन्य बिषयहरुमा पनि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए।

Hardik ivf

निधिले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरु सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सुझाव दिएको बताए। रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा हुनुपर्ने उनको भनाइ छ।

उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्