Kathmandu Press

कोशीको परिणाम अप्रत्यासित भएको गठबन्धनको निष्कर्ष

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको जानकारी दिए। कोशीको नतिजाले गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले उल्लेख गरे।
कोशीको परिणाम अप्रत्यासित भएको गठबन्धनको निष्कर्ष
फाइल तस्बिर।

काठमाडौं, माघ १६ : सत्तारुढ गठबन्धन बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा प्रदेशमा आएको नतिजा अप्रत्याशित भएको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले कोशीमा सत्ता गठबन्धनको समर्थन रहेको माओवादी उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित र गम्भीर भनेको हो।

Hardik ivf

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको जानकारी दिए। कोशीको नतिजाले गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले उल्लेख गरे।

कोशीको बिषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने बताए।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष चयन, राजनीतिक एजेण्डा लगायतका विषयमा पनि छलफल भएको उनले बताए।

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्