Kathmandu Press

‘संसदमा केपी शर्मा ओली’ विमोचित

ग्रन्थ लोकर्पण गर्दै उनले एमाले अध्यक्ष ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनको सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताइन्।
‘संसदमा केपी शर्मा ओली’ विमोचित

काठमाडौं, माघ १६ : ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पपण भएको छ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रले प्रकाशन गरेको ग्रन्थ एक कार्यक्रमबीच पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारीले लोकार्पाण गरिन्।

Hardik ivf

ग्रन्थ लोकर्पण गर्दै उनले एमाले अध्यक्ष ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनको सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताइन्।

यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने पूर्वराष्ट्रपति भण्डारीले बताइन्।

प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गरेका हुन्।

सो अवसरमा एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्