Kathmandu Press

शाखा अधिकृत भट्टराईविरुद्ध चार करोड ४० लाख अकुत सम्पत्ति आर्जन मुद्दा 

उनी हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत छन्।
शाखा अधिकृत भट्टराईविरुद्ध चार करोड ४० लाख अकुत सम्पत्ति आर्जन मुद्दा 

काठमाडौं, माघ १६ : भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत मीन बहादुर भट्टराईले चार करोड ४० लाख रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन (अकुत) गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

उनी हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत छन्। भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि २०७९ जेठ ३० गतेसम्मको अवधिमा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी अख्तियारले गरेको छ। समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम फेला परेको अनुसन्धानबाट खुलेको छ। 

Hardik ivf

उक्त अवधिमा भट्टराईको कुल सम्पत्ति दश करोड २३ लाख ९२ हजार दुई सय ८८ रूपैयाँ १५ पैसा वैध आय देखिएको छ। उनको वैध आय पाँच करोड ९४ लाख ६७ हजार एक सय ४८रुपैयाँ दश पैसा देखिएको अख्तियारले जनाएको छ। निजले गरेको खर्च तथा लगानी चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ ८६ पैसाको वैधानिक स्रोत नखुलेको ठहर अख्तियारको छ। ‘निजको वैध आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइयो,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैर कानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी पत्नी झुना कुमारी कठेतसमेतको नाममा लुकाए छिपाएको पुष्टि हुन आएको दाबी समेत अख्तियारको छ। भट्टराईसँगै पत्नी कठेतलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो जफत, जरिवाना र सजायको माग गरिएको छ। 
 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्