Kathmandu Press

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको काराबास सजाय

खान र कुरेसीविरुद्ध राज्यका गोप्य सूचना चुहाएको अभियोगमा मुद्दा चलाइएको थियो। खान प्रधानमन्त्री र कुरेसी विदेशमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको दाबीसहित पाकिस्तानको विशेष अदालतमा मुद्दा चलाइएको थियो। अदालतले उक्त सजाय तोकेको हो। 
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको काराबास सजाय

काठमाडौं, माघ १६ : पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको काराबास सजाय सुनाएको छ।

खान र कुरेसीविरुद्ध राज्यका गोप्य सूचना चुहाएको अभियोगमा मुद्दा चलाइएको थियो। खान प्रधानमन्त्री र कुरेसी विदेशमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको दाबीसहित पाकिस्तानको विशेष अदालतमा मुद्दा चलाइएको थियो। अदालतले उक्त सजाय तोकेको हो। 

Hardik ivf

पूर्वप्रधानमन्त्री खान र विदेशमन्त्री कुरेसीले भने आफुविरुद्धको अभियोग अस्वीकार गर्दै आएका छन्। आफूमाथि लगाइएका सबै आरोप राजनीतिबाट निर्देशित रहेको दाबी खानको छ।

खानले चुहाएको भनिएको गोप्य सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने दाबीसहित आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो। तर विशेष अदालतले दश बर्ष मात्र सजाय तोकेको जनाइएको छ।  
 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्