Kathmandu Press

काठमाडाैं महानगरमा बीमितलाई प्रथम सेवा पाँच ओटा वडाबाट

कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बीमितलाई सेवा प्रवाह गर्ने तयारी रहेको छ। 
काठमाडाैं महानगरमा बीमितलाई प्रथम सेवा पाँच ओटा वडाबाट

काठमाडौं, माघ १६ : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ।  

त्यसअन्तर्गत अहिले वडा नं. ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ। कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बीमितलाई सेवा प्रवाह गर्ने तयारी रहेको छ। 

Hardik ivf

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न गत पुस ११ गते महानगर र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। बीमितहरुका लागि प्रथम सेवा विन्दु कामपाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत गरिने भए पनि रोगको प्रकृति र आवश्यकता हेरेर थप उपचार अन्य सरकारी अस्पतालमा समेत पठाइने महानगरले जनाएको छ।

बीमितहरुले बीमा गरेको अवधि तीन महिना पुगेपछि रु एक लाख बराबरको स्वास्थ्य उपचार सेवा लिन पाइने महानगरले जनाएको छ। बीमाअनुसार उपचार प्रप्त गर्नका लागि वार्षिक रु तीन हजार पाँच सय रकम तिनुपर्ने छ। उक्त सुविधा नेपाली नागरिक जो सुकैले पनि लिन सक्ने कामपाले स्पष्ट पारेको छ।    

बीमा गरेकोप्रति पाँचजनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा रु एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध हुनेछ। सो बराबरको रकम बीमा बोर्डले कामपाअन्तर्गत रहेको प्रवद्र्धन केन्द्रलाई सोधभर्ना गर्नेछ। 

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने बताइएको छ। ३२ वटै वडाका लागि बीमा दर्ता सहयोगी छनौट कार्य सम्पन्न भइसकेको छ। कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीलाई स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि तत्काल सुरु गर्ने कामपाको तयारी रहेको छ। 

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्